CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

माथिल्लो तामाकोशीको आन्दोलन सुल्झाउन ब्यवस्थापक र ट्रेड यूनियनको छलफल सुरु

माथिल्लो तामाकोशी जलबिधुत आयोजना कार्यरत श्रमिक र ब्यवस्थापक बिच रोकेको काम सुचारु गर्न बार्ता भएको छ । नेपाल बिजुली पेण्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपालले आयोजनामा कार्यरत श्रमिकहरुलाई पनि  शेयर उपलब्ध गराउनु पर्ने माग सहि गत फागुण १७ गते देखी काम ठप्प गरि स्थानीय र केन्दिय तहमा विभिन्न स्तरको बार्ता हुदै आएकोमा अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले चेत्र ७ गते एक बिज्ञप्ती प्रकाशित समस्यालाई सममाधान गर्न यूनियन प्रतिनिधीलाई बार्ताकोलागि आब्हान गरेको थियो । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका उपमहासचिब जनक चौधरीको नेतृत्वमा क्यूपेक नेपाल केन्द्रीय अध्यक्ष नरनाथ लुईटेल महासचिब मनोहरी सिवाकोटीको टोलीले  चैत्र ८ गते  ब्यवस्थापक संग छलफल सुरु गरेको छ ।