CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्युपेक–नेपाल ललितपुरको छैटौं अधिवेशन संम्पन

क्युपेक–नेपाल ललितपुरको छैटौं अधिवेशन संम्पन

ललितपुर, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक–नेपाल ललितपुरको छैटौं अधिवेशन फागुण ७ गते ललितपुरको तिखिदेवलमा भब्यताका साथ सम्पन्न भयो 

क्युपेक–नेपाल केन्दिय अध्यक्ष नरनाथ लुर्इटेलको प्रमुख आतिथ्यमा संम्पन भएको अधिवेशनले गोपाल गौतमको अध्यक्षतामा १७ सदस्य कमिटी निर्वाचित गरेको छ ।

क्यूपेक नेपालको नीति तथा कार्यक्रम माथी प्रकाश पार्दै प्रमुख अतिथी अध्यक्ष लुर्इटेलले अधिवेशन सफलताको शुभकामना दिनुभएको उद्घघाटन कार्यक्रममा जिफन्ट बागमती अञ्चल अध्यक्ष रामहरी नेपालले जिफन्टको नीतिबारे बोल्नु भएको थियो ।

अधिवेशनको अवसरमा जिल्ला कमिटी, ललितपुर उपमहानगर पालीका वडा नं ४, १४ र महालक्ष्मी नगरपालीका ४ नं वडा कमिटीले रू २५००० हजारको दरले १ लाख रूपंया जिफन्ट एक्येवद्घता कोषमा जम्मा हुनेगरी बागमती अध्यक्ष रामहरी नेपाललार्इ हस्तान्तरण गरेको हो ।

त्यसैगरी क्यूपेक नेपालका सदस्य दलबहादुर अालेमगरको उपचार्थ कार्यकर्ता राहात कोषबाट पाँच हजार, सदस्यहरुबाट संकलन गरी पाँच हजार सात सय गरी जम्मा दश हजार सातसय रूपँया सहयोग स्वरूप प्रदान गरेको छ ।

गोपाल गौतमको अध्यक्षतामा बिष्णु लामीछानेले संचालन गरेको उद्घघाटन कार्यक्रममा क्यूपेक नेपाल केन्द्रीय सचिब शान्ता बस्नेत, कृष्ण बराल, सदस्य दिवाकर पोखरेल, ध्रुपादेवी रार्इको सहभागिता रहेको थियो ।

त्यसैगरी जिफन्ट ललितपुर अध्यक्ष मिङमार गोपाल शेर्पा, जिफन्ट सचिव कल्पना बागटी लगाएतका नेताहरू सहभागिता रहेको उद्घघाटन कार्यक्रमको अध्यक्षता गोपाल गौतमले संचालन बिष्णु लामिछाने गुरुङले र मंगललाल तामाङले स्वागत गर्नु भएको थियो ।