CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

जिफन्ट एेक्यवध्दता कोषमा क्यूपेक नवलपरासीबाट एकलाख पचासहजार

जिफन्ट  एेक्यवध्दता कोषमा क्यूपेक नवलपरासीबाट एकलाख पचासहजार
नेपाल बिजुली पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन क्यूपेक–नेपाल प्रथम बर्दघाट नगर अधिवेशन पौष २६ गते नवलपरासी जिल्दालाकाे दाउन्ने पार्टि प्यालेसमा सम्पन्न भयो ।
 
क्यूपेक केन्द्रिय अध्क्ष नरनाथ लुईटेलको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनले गिरीराज भण्डारीको अध्यक्षतामा १६ सदस्य नगर कमिटी निर्वाचित गरेको हो ।
 
उद्घघाटन कार्यक्रममा जिफन्टले सुरू गरेको एेक्यवध्दता कोषमा क्यूपेक तमसरीया गाउ कमिटी, बर्दघाट १–७ सयूक्त वडा कमिटी, कावासोती नगर कमिटी, देउराली गाउ कमिटी र नवलपरासी जिल्ला कमिटीले रू पच्चिस हजारको दरले एक मुष्ट एकलाख पचास हजार रूपंया केन्द्रीय अध्यक्ष माफर्त जिफन्ट लुम्बीनी–राप्ती अञ्चल अध्यक्ष तथा राष्ट्रीय कमिटी सदस्य हरी बहादुर कार्कीलार्इ हस्तान्तरण गरेको छ । यो सहित अहिले सम्ममा केन्द्रिय कमिटि समेत गरेर नगद रु. दुई लाख पच्चीस हजार जिफन्टले सुरू गरेको एेक्यवध्दता कोषमा जम्मा गरिसकेको छ । 
 
निर्माण श्रमिकहरूको भब्य जुलुसले नगर परिक्रमा पस्चात सुरू भएको उद्घघाटन कार्यक्रममा जिफन्ट लुम्वीनी राप्ती अंचल अध्यक्ष हरी बहादुर कार्की, क्यूपेक केन्द्रिय सचिव राम प्रसाद पाण्डे, रुपन्देही जिल्ला कमिटि अध्यक्ष अमर बहादुर राई, नवलपरासी जिल्ला अध्यक्ष बावुराम ढकाल लगाएतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
 
सत्य नारायण चौधरीको अध्यक्षतामा, देबी चौधरीले संचालन गर्नु भएको उद्घघाटन कार्यक्रममा गिरीराज भण्डारीले स्वागत गर्नु भएको थियो ।