CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

गिट्टी बालुवामा सरकारले लगाएको रोकको बिरूद्द क्यूपेक नेपालले थप आन्दोलनको धोषणा

 गिट्टी बालुवामा सरकारले लगाएको रोकको बिरूद्द क्यूपेक नेपालले थप आन्दोलनको धोषणा

निमार्ण क्षेत्रमा कायर्रत श्रमिकहरूको ट्रेड यूनियन संध नेपाल बिजुली पेण्टर प्लम्बर तथा निमार्ण मजदुर यूनियन क्यूपेक नेपाल केन्द्रिय कमिटिले भाद् १७ गते मनमोहन मजदुर भवनके सभा कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी गिट्टी बालुवामा सरकारले लगाएको रोकको बिरूद्द आन्दोलनको धोषणा गरेको छ ।

केन्द्रीय कायार्लयले तयार पारेको प्रेश बिज्ञप्ती पत्रकार समक्ष बाचन गर्नु हुंदै प्रचार सचिब स्मृती लामाले भाद्र महिना भरी केन्द्र तथा जिल्लामा पत्रकार सम्मेलन गर्ने, चोक चोकमा पर्चा बितरण गर्ने, देशका बिभिन्न भागहरुमा कोणसभा गर्ने र शान्तिपुर्ण धर्ना तथा जुलुसको अयोजना गर्ने तथा संबिधानसभा सदस्यहरुको ध्यान आकर्षण गर्नुका साथै जिल्ला प्रसाशन कार्यालयमा शान्तिपुर्ण धर्ना दिने कार्यक्रम तय भएको जनाएको छ ।

सम्मेलनमा पत्रकारहरूले राख्नु भएको जिज्ञासालार्इ प्रष्टपार्नु हुंदै अध्यक्ष नरनाथ लुर्इटेलले अन्दोलन हाम्रे रहरको कुरा नभइ दशैको मुखमा लाखै श्रमिकहरू बेरोजगार हुने गरी बिना बिकल्प सरकारले गिट्टी बालुवा निकासीमा रोक लगाइ देशको निर्माण कार्य नै ठप्प हुने गरी र निमार्ण श्रमिकहरू र तीनका अश्रित परीवारहरू भोक भोकै बस्नु पर्ने स्थीती श्रृजना गरेकोले अन्दोलन गर्नु परेको बताउनु भयो ।

पत्रकार सम्मेलनमा जिफन्ट प्रचार सचिब जितेन्द्र श्रेष्ठ, केन्द्रीय यूनियन परिषद सचिब दिनेश रार्इ, सामाजिक सुरक्षा बिभाग सचिब केशब दुवाढी, महिला कमिटी सचिब तथा क्यूपेक केन्द्रीय उपाध्यक्ष बेलीमाया धले महासचिब मनोहरी सिवाकोटी लगाएतका नेताहरूको उपस्थीत रहेको थियो ।