CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक नेपाल ४ नम्वर प्रदेशको रणनीतिक कार्यशाला सम्पन्न

क्यूपेक नेपाल ४ नम्वर प्रदेशको रणनीतिक कार्यशाला सम्पन्न
 
काठमाडौं, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) सम्बद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) ४ नं प्रदेश समन्वय कमिटीको आयोजनामा ४ नं प्रदेशको कार्ययोजना निर्माण रणनीतिक कार्याशाला सम्पन्न भएको छ । 
कार्यशालाको उद्घाटन गर्दै जिफन्ट उपाध्यक्ष मिना गुरूङले असंगठीत क्षेत्रमा कार्यरत श्रमिकहरूलाई संगठित गर्न क्युपेक नेपालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आफुले निर्माण श्रमिकहरुको समस्या नजिकबाट बुझेको भन्दै प्रदेश सरकारले नीति तथा कानूनहरु बनाउँदा श्रमिक पक्षिय बनाउन आफूले पहल गर्ने भन्दै समयमै आफ्ना कुरा अवगत गराउन क्युपेक नेपाललाई अनुरोध गर्नुभयो । 
कार्यशालामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा क्यूपेक नेपालकी उपमहासचिव स्मृती लामाले युनियनको शक्ती, कमजोरी, अवसर र चुनैति पत्ता लगाई योजना बनाउन सहजीकरण गर्नु भयो । यसैगरी जिफन्ट ४ नं प्रदेश संगठन कमिटी अध्यक्ष रूद्र खत्रीले कार्यशालामा उठेका बिभिन्न बिषयहरूलाई समेटेर निष्कर्ष प्रस्तुत गर्नु भएको कार्यशालाको संचालन क्युपेक नेपालका सचिब राजेन्द्र बिस्टले गर्नु भएको थियो