CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

​क्यूपेक ३ नं प्रदेश समन्वय कमिटीको रणनीतिक कार्ययोजना बैठक सम्पन्न

​क्यूपेक ३ नं प्रदेश समन्वय कमिटीको रणनीतिक कार्ययोजना बैठक सम्पन्न

काठमाडौं, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) सम्बद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) ३ नं प्रदेश समन्वय कमिटीको रणनीतिक कार्ययोजना बैठक सम्पन्न भएको छ । 

बैठकमा क्युपेक नेपालका अध्यक्ष नरनाथ लुईटेलले क्यूपेक नेपालको अधिवेशनले पारीत गरेको नीति तथा कार्यक्रमलाई प्रदेश कमिटीहरुले बर्षभरीको कार्ययोजना बनाई अगाडी बढ्नु पर्ने बताउनुभयो । 

अध्यक्ष लुईटेलले निर्माण श्रमिकहरुको प्रतिनिधीमुलक यूनियन क्यूपेक नेपालले गरेको इतिहासको स्मरण गर्दै निर्माण श्रमिकहरुको अधिकारका लागि उठाएका मागहरु क्रमशः प्राप्त हुँदै आएपनि तिनिहिरुलाई कार्यान्वयनको तहमा लैजान चुनौती रहेको हुनाले चनाखो हुनु पर्ने बताउनु भयो ।  
सो अवसरमा जिफन्ट ३ नं प्रदेश संगठन कमिटी अध्यक्ष रामहरी नेपालले जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनले पारीत गरेको नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर सम्बद्ध यूनियनहरुले आफ्ना योजना बनाउन अनुरोध गर्दै जिफन्ट र सम्बद्ध यूनियनहरुको समन्वय हुनु पर्नेमा जोड दिनु भयो । बैठकमा ३ नं प्रदेशका १३ जिल्लाका प्रतिनिधीहरुले आ–आफ्नो जिल्लाको कार्ययोजना पेश गरेका थिए ।