CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

धादिङ्ग जिल्ला प्रथम अधिवेशन सम्पन्न!

धादिङ्ग जिल्ला प्रथम  अधिवेशन सम्पन्न!
 
२०७५ जेष्ठ ३१ गते नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन(क्यूपेक नेपाल) धादिङ्ग जिल्ला प्रथम अधिवेशन सम्पन्न भएको थियो ।
 निर्माण मजदुरहरुको जुलुसले सहर परिक्रमा पश्चात सम्पन्न उद्धघाटन पानसमा बत्ती बाली केन्द्रीय अध्यक्ष क.नरनाथ लुईटेलले गर्नु भएको थियो। 
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरनाथ लुईटेलले निर्माण मजदुरहरुलाई स्थानीय तहमा पंञ्जिकरण गरी सामाजीक सुरक्षाकोे दायरामा ल्याउनु पर्ने र महङ्गीको अनुपातमा निर्माण मजदुरहरुको ज्याला बृद्धी गर्नु पर्ने माग मुख्य रहेको बताउनु भयो । क्यूपेक नेपालको मुख्य मुद्धा मर्यादित काम र सुरक्षीत कार्यस्थल भएकोले सबै सदस्यहरुले मर्यादित काम र सुरक्षीत कार्यस्थलको लागी सचेत हुन आह्वान गर्नु भयो । 
त्यसैगरी जिफन्ट ३ नं. प्रदेश अध्यक्ष क.रामहरी नेपालले जिफन्टले दिने सेवा सुबिधाको बारेमा जानकारी गराउनु भएको थियो । 
क्युपेक नेपालका केन्द्रिय सदस्य तथा ईन्चार्ज  क.किर्तीनिधि बिष्टले क्यूपेक नेपालको बिगत र बर्तमानको बारेमा जानकारी गराउनुका साथै सदस्यता बिस्तारमा बिषेश जोड दिन अनुरोध गर्नु भएको थियो । 
अधिवेशनले क.हेम बहादुर श्रेष्ठको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी गठन गरेको छ । नवगठीत कमिटीलाई क.किर्तिनिधि बिष्टले सफथ ग्रहण गराउनु भएको थियो । अधिवेशनबाटै जिल्ला यूवा कमिटी र जिल्ला महिला कमिटी समेत गठन भएको छ ।