CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक–नेपालको २२ औं स्थापना दिवस मनाइयो

क्यूपेक–नेपालको २२ औं स्थापना दिवस मनाइयो

काठमाडौं, नेपाल बिजुली,पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन(क्यूपेक–नेपाल) स्थापना भएको २१ वर्ष पुरा भइ २२ वर्षमा प्रवेश गरेको छ । सो उपलक्ष्यमा देशका बिभिन्न जिल्लाहरुमा बिभिन्न कार्यक्रम सहित २२ औं स्थापना दिवस भव्य रुपमा मनाइएको छ । 
स्थापना दिवसको अवसरमा मकवानपुर जिल्लामा श्रमिकहरु बिच बक्तृत्वकला प्रतियोगिता तथा श्रमिकका उत्कृष्ट बालबालिकालाई शैक्षिक सामग्रि वितरण गरिएको छ। यसैगरी भक्तपुर जिल्ला कमिटीको आयोजनामा रक्तदान कार्यक्रम, ललितपुर जिल्लामा जिल्ला स्तरीय महिला भेला कार्यक्रम सम्पन्न भएका छन् । 

यसैगरी उदयपुर जिल्लामा श्रमिक ¥याली सहित स्थापना दिवस मनाइएको छ भने तनहुँ जिल्लाले सचेतनामुलक होडिङ्ग बोर्ड स्थापना गरेको छ । बारा जिल्लामा श्रमिक भेला भएको छ भनें काठमाडौ जिल्ला लगाएतका बिभिन्न जिल्लाहरुमा केक काटेर स्थापना दिवस मनाइएको छ । 

यसैबीच दोलखा जिल्लामा सिनो हाइड्रोमा श्रमिकहरुको भेलाले कमिटी गठन गरेको छ । भेलाले सोनाम शेर्पाको अध्यक्षतामा ७ सदस्य कमिटी गठन भएको हो ।