CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक–नेपालको ६ औं राष्ट्रिय महाधिवेशन आगामी भाद्र २५–२७

क्यूपेक–नेपालको  ६ औं राष्ट्रिय महाधिवेशन आगामी भाद्र २५–२७
 
काठमाडौं– नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन ९क्यूपेक–नेपाल० को ४१ औं केन्द्रीय कमिटी बैठक बैसाख ११ गते सम्पन्न भएको छ । 
बैठकले क्यूपेक–नेपालको सरेकार सुरक्षित कार्यस्थल र मर्यादित रोजगार मुल नारा सहित  ६ औं राष्ट्रिय महाधिवेशन आगामी भाद्र २५–२७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। 
बैठकमा बोल्दै जिफन्टका अध्यक्ष बिष्णु रिमालले श्रमिकहरूले उठाउदै आएका सामाजिक सुरक्षा, १० प्रतिशत श्रमिक प्रतिनिधित्व र श्रम ऐन निर्माण जस्ता कार्यहरूमा अबरोध भर्इ रहेको हुनाले ट्रेड युनियनहरु अझ शसक्त रुपमा अगाडी बढ्न आबस्यक रहेकाले क्युपेक नेपालले सङ्गठन बिस्तार र परिचालन गर्न निर्देशन दिनु भयो । 
त्यसैगरी बैठकमा बोल्दै जिफन्ट महासचिव बिष्णु लम्सालले जिफन्टले श्रमिकहरूको हितका पक्षमा गर्दै अइरहेको कामहरूका बारेमा बताउनु हुदै अधिवेशन सफल बनाउन समस्त क्यूपेक नेपालका सदस्यहरूलाइ परीचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
बैठकले महाधिवेशन सम्पन्न गर्न अध्यक्ष नरनाथ लुर्इटेलको संयेजकत्वमा बिधान मस्योदा समिती, महासचिब मनोहरी सिवाकोटीको संयोजकत्वमा साँगठनिक प्रतिबेदन लेखन समिति र अर्थिक बिभाग सचिव कृष्ण बरालको संयोजकत्वमा आर्थिक तथा अवास समिति गठन गरेको छ । 
त्यसैगरी श्रम सम्बन्ध सचिब गेपाल कार्कीको संयोजकत्वमा स्वयमसेवक परीचालन तथा मञ्च ब्यवस्थापन समिती, महिला बिभाग सचिब शान्ता बस्नेत संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिती र प्रचार प्रसार तथा अतिथी सत्कार समितीमा, प्रचार तथा बिदेश बिभाग सचिब स्मृती लामा संयोजक रहनु भएको छ ।
 
बैठकले क्युपेक–नेपालको २१ औं स्थापना दिवशको सन्दर्भमा अगामी जेठ १३–१८ सप्ताहब्यापी रूपमा संगठन परीचालन तथा सुदृढीकरण अभियानको रूपमा मनाउने पनी निर्णय गरेको छ