CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

​क्यूपेक नेपाल, उदयुपुर छैठौं जिल्ला अधिवेशन

​क्यूपेक नेपाल, उदयुपुर छैठौं जिल्ला अधिवेशन

उदयपुर–  क्युपेक नेपाल उदयपुरको छैठौं जिल्ला अधिबेशन सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेलले निर्माण मजदुरका मुख्य ५ वटा मुद्धाका बारेमा प्रष्ट पार्नुभयो । 

उहाँले क्यूपेक नेपालले ज्याला बृद्धि, जिल्ला दररेट समितिमा क्यूपेक नेपालको प्रतिनिधित्व, स्थानीय निकायमा मजदुर प्रतिनिधित्व किन आवश्यक छ भन्ने बारेमा उहाँले धारणा राख्नुभयो । यसैगरी निर्माण मजदुरका लागि सामाजिक सुरक्षा र उनीहरुका लागि पेन्सनको मुद्धालाई पनि क्यूपेक नेपालले अगाडी बढाइरहेको लुईंटेलले जानकारी गराउनुभयो । 

सो अवशरमा क्यूपेक नेपालका अध्यक्ष लुईंटेलले केपीओली नेतृत्वको सरकारले घोषणा गरेको दुर्घटना बीमा तुरुन्त कार्यान्वयन गर्नए र नेता बिरामी हुँदा उपचार गर्न ५० लाख दिने सरकारलाई निर्माण मजदुर दुर्घटनामा पर्दा ५ लाख दिएर देखाउन चुनौति दिनुभयो । उहाँले अव सदस्यता लिएका श्रमिकलाई समस्यामा पर्दा सहयोग गर्ने नीति अगाडी बढाइने भन्दै सवै निर्माण मजदुरलाई क्यूपेकको सदस्यता लिन आग्रह पनि गर्नुभयो । 


अधिवेशनमा जिफन्ट प्रदेश नम्वर १ का आर्थिक प्रमुृख त्रिविक्रम ज्ञवाली, नेकपा एमालेका पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडा, क्यूपेक नेपालकी सचिव शान्ता बस्नेत, जिफन्टकी राष्ट्रिय कमिटी सदस्य माया भण्डारी, नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणी राउत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

सो अवशरमा क्यूपेक नेपालका संस्थापकहरुलाई सम्मान पनि गरिएको थियो । यसैगरी सो अवशरमा क्युपेक नेपाल मोरंग जिल्ला सचिव मदन परियारका छोरा मिलन परियारले गीत गाएर मनोरञ्जन गराएका थिए । उनी पूर्वाञ्चल गायन प्रतियोगिताको शिर्ष १० मा पुगेका छन् । उनलाई भोट दिएर जिताउन पनि सो अवशरमा आग्रह गरिएको थियो । अधिवेशनको उद्घाटन सत्रमा झण्डै १५ सय निर्माण श्रमिक सहभागि थिए । उद्घाटन सत्र सुरु हुनु अगाडी ¥याली निस्किएको थियो ।