CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेकद्धारा भूकम्प प्रतिरोधी घर निर्माण सम्वन्धि तालिम सुरु

क्यूपेकद्धारा भूकम्प प्रतिरोधी घर निर्माण सम्वन्धि तालिम सुरु

काठमाडौं, नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन(क्यूपेक) नेपालको आयोजना डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी भवन निर्माण तालिम आयोजना गरिएको छ । ७ दिनसम्म चल्ने तालिममा दक्ष ईन्जिनियर सहितको टोलीले तालिम दिइरहेको छ । तालिममा क्यूपेक नेपालका सदस्य रहेका ३० जना डकर्मी सहभागि छन् ।

तालिमको उद्घाटन गर्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का महासचिव विष्णु लम्सालले भूकम्प पश्चातको पुनर्निर्माणमा दक्ष जनशक्तिको ठूलो खाँचो देखिएको बताउनुभयो । उहाँले दक्ष जनशक्ति परिपूर्तिका लागि जिफन्टका तर्फबाट पहल सुरु गरिएको भन्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभयो । महासचिव लम्सालले तालिम पश्चात हरेक सहभागिले प्रमाणपत्र पाउने र यसले रोजगारीमा सहजता हुने भन्दै जसका कारण मर्यादित रोजगारीको अभियानमा मद्धत पुग्ने समेत धारणा राख्नुभयो ।

उद्घाटन समारोहमा अध्यक्षका रुपमा बोल्दै क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेलले क्यूपेक नेपालको लक्ष्य, उद्धेश्य अनुरुप नै यस खालको तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले आफ्ना यूनियनका सदस्यहरुलाई दक्ष बनाउँदै लैजाने उद्धेश्य अनुरुप तालिम सञ्चालन गरिएको र तालिममा आफूले सिकेको सीप अन्यलाई पनि सिकाउन आग्रह गर्नुभयो । लुईंटेलले तालिमका ३० जना सहभागिले हरेकले १० १० जनालाई सिकाउने हो भनें पनि ३ सय जनाको बीचमा यस खालको ज्ञान पुग्ने धारणा राख्नुभयो । तालिम सञ्चालनका लागि क्यूपेक नेपाललाई जिफन्टले आर्थिक सहयोग गरेको छ ।

भूकम्प पश्चातको पुनर्निर्माणमा भूकम्प प्रतिरोधी घरहरु बनाउन जान्ने दक्ष डकर्मीको ठूलो खाँचो देखिएको छ । हालै पुनर्निर्माण प्राधिकरण र नेपालका ट्रेड यूनियनहरुका प्रतिनिधिहरु बीचको छलफलमा पनि दक्ष जनशक्तिको रोष्टर बनाउने विषयमा छलफल भएको थियो ।