CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेकद्धारा तनहुँमा नेतृत्व विकास तालिम सम्पन्न

क्यूपेकद्धारा तनहुँमा नेतृत्व विकास तालिम सम्पन्न

काठमाडौं– नेपाल विजलु, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन(क्यूपेक) नेपालले तनहुँमा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । दुई दिन चलेको तालिममा गण्डकी र धौलागिरीका पाँच जिल्लाका ४० जना सहभागि थिए ।

तालिममा क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेल, केन्द्रीय शिक्षा विभाग प्रमुख गोपाल कार्की, केन्द्रीय सदस्य तथा युनियनका गण्डकी अञ्चल ईन्चार्ज सोमबहादुर आले तथा केन्द्रीय शिक्षा विभाग सदस्य निरज श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा नेतृत्व भनेको के हो, पार्टी र ट्रेड यूनियनबीचको सम्वन्ध, युनियनका पदाधिकारीहरुको काम कर्तव्य, अधिकार तथा क्यूपेक नेपालको विगत र वर्तमान अवस्थाका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिइएको अध्यक्ष लुईंटेलले जानकारी गराउनुभयो । तालिमका सहभागिहरु क्यूपेक नेपालका जिल्ला कमिटी पदाधिकारीहरु रहेका थिए ।