CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

ललितपुरमा क्यूपेकको प्रशिक्षण सम्पन्न

काठमाडौं क्यूपेक नेपालले ललितपुरको महालक्ष्मी ४ मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो अवशरमा प्रमुख अतिथिका रुपमा बोल्दै क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेलले संगठनको महत्वका बारेमा प्रकाश पार्नुभयो । उहाँले असंगठित क्षेत्रका श्रमिकलार्ई संगठित गर्दा आइपर्ने चुनौती र तिनिहरुलाई कसरी हल गर्ने भन्ने बारेमा आफ्ना धारणाहरु राख्नुभयो ।

भेलामा जिफन्ट ललितपुर अध्यक्ष मिङ्मार गोपाल शेर्पा, क्यूपेक नेपाल, केन्द्रीय शिक्षा विभाग सदस्य राजेन्द्र विष्ट, जिफन्ट ललितपुर सदस्य यमबहादुर खत्री लगायतले प्रशिक्षण दिनुभएको थियो । भेलामा क्युपेक नेपाल, ललितपुर जिल्ला उपाध्यक्ष श्यामकुमार श्रेष्ठले आफ्ना अनुभवहरु सुनाउनु भएको थियो ।

नन्दराज दमाईको अध्यक्षतामा सम्पन्न सो भेलामा सहभागिहरुलाई भूमिका राईले स्वागत गर्नुभएको थियो ।