CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

कैलालीमा क्यूपेक, नेपालको नयाँ कमिटी

कैलालीमा क्यूपेक, नेपालको नयाँ कमिटी

कैलाली, क्यूपेक, नेपाल कैलालीको ५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले टीकाराम श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी चयन ग¥यो ।

कमिटीको उपाध्यक्ष धनबहादुर तामाङ, सचिव मनिराम ढुँगाना, सहसचिव गंगाराम जोशी तथा कोषाध्यक्षमा नारायणप्रसाद न्यौपाने रहनु भएको छ । सदस्यहरुमा राजेन्द्रीदेवी चौधरी, सोनाम चौधरी, अनन्तराम तिवारी, दिपक पुन, सूर्यदेवी भट्टराई, लक्ष्मण चौधरी, राजकुमार राना तथा महेश भट्ट रहनुभएको छ ।

यसअघि शुभकामना व्यक्त गर्दै जिफन्टका सेती महाकाली अध्यक्ष देवबहादुर बमले जिफन्टका कार्यक्रमहरुका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले सदस्यता विस्तार अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै संगठित शक्तिले नै श्रमिक पक्षिय नीति बनाउन दवाव दिने बताउनुभयो । उहाँले जिफन्टले अगाडी बढाएको ऐक्यवद्धता कोषले श्रमिकलाई अप्ठ्यारो पर्दा सहयोग मिल्ने भन्दै त्यसमा रकम जम्मा गर्न आग्रह गर्नुभयो ।

टीकाराम श्रेष्ठको अध्यक्षतामा आयोजित अधिवेशनका अवशरमा क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेलले क्यूपेक नेपालको सदस्य भइसकेपछि गर्नुपर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुभयो । उहाँले जिफन्टका सामाजिक सुरक्षाका लागि सञ्चालित विविध कोषका बारेमा जानकारी गराउनुभयो ।