CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक, मकवानपुृरको अध्यक्षमा देवीप्रसाद उपाध्याय

क्यूपेक, मकवानपुृरको अध्यक्षमा देवीप्रसाद उपाध्याय

मकवानपुर– क्युपेक नेपाल, मकवानपुरको ५ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कमिटी पनि चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का उपाध्यक्ष मधुसुदन खतिवडाले जिफन्टको सदस्य भएपछिको उनीहरुको काम, कर्तव्य र अधिकारका बारेमा आफ्ना धारणा राख्नुभयो । यसैगरी विशेष अतिथिका रुपमा बोल्दै क्यूपेक, नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेलले क्युपेक नेपालको ईतिहास र वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले सदस्यता संख्या वृद्धि महत्वपूर्ण रहेको भन्दै संगठित शक्तिकै बलमा राज्यका हरेक निर्वाचित निकायमा श्रमिकको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न सकिने धारणा राख्नुभयो । लुईंटेलले त्यसका लागि २ सय ५० जना सदस्य बनाउने सदस्यहरुलाई दुर्घटना विमाको व्यवस्था गरिएको, सदस्यहरुको क्षमता वृद्धिका लागि तालिम तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयनको योजनाका बारेमा जानकारी गराउनुभयो ।

अधिवेशनले देवीप्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ कमिटी चयन ग¥यो । कमिटीको उपाध्यक्षमा प्रताप राई, सचिवमा प्रल्हाद राई, सहसचिवमा बुद्ध सेञ्च्युरी तथा कोषाध्यक्षमा मनोज सुवेदी चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा पार्वती बर्तौला, कृपानारायण यादव, रामधनी चौधरी, मैया घिसिङ, कान्छा श्रेष्ठ, फूलमान गोले, शंकर राई, जाकिर हुसेन, बविता रुम्वा, हरिशंकर साह, प्रेमप्रसाद सञ्जेल, राजेन्द्र लम्साल र पुरुषोत्तम श्रेष्ठ रहनु भएको छ ।