CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्युपेक नेपाल महानगरमा झमक लाल बम्जन

क्युपेक नेपाल महानगरमा झमक लाल बम्जन

क्युपेक-नेपाल कामनपाको प्रथम अधिवेशनको उद्धघाटन पासाड़ल्यामु कलेज सामाखुशीको प्राड़गणमा चैत्र १३ गते सम्पन्न भएको छ ।
जिफन्ट महासचिब विष्णु लम्सालद्वारा उद्घाटन गरेको अधिवेशनमा क्यूपेक जिल्ला कमिटीको तर्फबाट जिफन्ट एकयेबद्धता कोषमा नगद रू २५ हजार जिल्ला अध्यक्ष बाबुराम पेखरेलले महासचिब लम्साललार्इ हस्तान्तरण गरेको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लम्सालले निर्माण क्षेत्रमा थुप्रै समस्याहरु भएता पनी यो क्षेत्र उच्च सम्भावना रहेको बताउनु भयो र क्यूपेक नेपालले बिश्वब्यापी मान्यतालार्इ चिर्दै असंगठित क्षेत्रको यो यूनियन जिफन्ट परीवार भित्रको दरीलो खम्बाको रूपमा रहेको बताउनु भयो ।
भुकम्प पिडित क्यूपेक नेपाल सदस्य मन्जु धिमिरेलार्इ रू ८५०० हस्तान्तरण गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष नरनाथ लुईटेल, केन्द्रिय सल्लाहकारहरु तेज वहादुर बस्नेत, योगेन्द्र शर्मा, जिफन्ट वागमती अंचल अध्यक्ष रामहरि नेपाल, क्यूपेक काठमांडू जिल्ला अध्यक्ष वावुराम पोखरेल, नगर कमीटी अध्यक्षहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

अधिबेशनले झमक लाल बंजनको अध्यक्षतामा १३ सदसीय क्युपेक नेपाल महानगरीय कमिटि निर्बाचित गरेको छ