CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

क्यूपेक नेपाल झापा जिल्ला कमिटीले झापाको बुधवारेमा फगुण ६ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविर बुधवारेको भोटेटारमा सञ्चालन गरिएको हो ।स्वास्थ्य शिविरमा डा. डीके आचार्य, डा. नवराज कोइराला, डा. सीमा सिन्हा, डा.विकासकुमार गुप्ता र डा. हेमनारायण महासेठले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

सो निःशुल्क स्वास्थ्य शिविरमा झापाका साथै छिमेकी ईलाम जिल्लाका विभिन्न गाविसका गरी २ सय ६३ जनाले स्वास्थ्य सेवा लिएको क्यूपेक नेपालका सचिव अम्विर कुमार लिङ्देनले जानकारी दिनुभयो ।

बिर्तामोडको बजरंग मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टरको सहयोगमा आयोजित सो शिविरमा जिफन्ट मेचि अञ्चल अध्यक्ष सन्तकुमार रार्इ लगाएत जिफन्ट झापा तथा क्युपेक नेपालका विभिन्न पदाधिकारी समेत संलग्न रहेका थिए ।