CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक –नेपाल काठमाडौं तारकेश्वर १३ नं. वडा कमिटीको अधिवेशन सम्पन्न काठमाडौं

क्यूपेक –नेपाल काठमाडौं तारकेश्वर १३ नं. वडा कमिटीको अधिवेशन सम्पन्न काठमाडौं

क्यूपेक –नेपाल काठमाडौं तारकेश्वर १३ नं. वडा कमिटीको अधिवेशन सम्पन्न काठमाडौं, पुष २० नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) तारकेश्वर १३ नं. वडा कमिटीको अधिवेशन गत पुष १६ गते धर्मस्थलीमा सम्पन्न भयो ।

अधिवेशनले भाईलाल महर्जनको अध्यक्षतामा १५ सदस्य रहेको तारकेश्वर १३ नं. वडा कमिटी निर्वाचित गरेको छ । यसैगरी मदनकृष्ण लवट र शोभा महर्जन जिफन्ट प्रतिनिधिमा चुनिनुभएको छ ।

अधिवेशनमा प्रमुख अतिथिका रुपमा बोल्दै जिफन्ट उपमहासचिव जनक चौधरीले जिफन्ट ऐक्यबद्धता कोषका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले श्रमिकलाई आपत आइपर्दा थोरै भएपनि मद्धत गर्ने उद्धेश्यले सुरु गरिएको कोषमा रकम जम्मा गर्न जिफन्ट आवद्ध सम्पूर्ण कमिटीहरुलाई आव्हान पनि गर्नुभयो । उहाँले श्रमिकले भोगिरहेका समस्या, संगठनको महत्व लगायतका बारेमा आफ्नो धारणा राख्नुभयो ।

 सो अवशरमा तारकेश्वर नगर सम्मेलन आयोजक कमिटीका संयोजक कृष्णलाल डंगोलले कमिटीको तर्फबाट जिफन्ट ऐक्यबद्धता कोषमा जिफन्ट उपमहासचिव चौधरीलाई २५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।