CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेकद्धारा सदस्य परिवारलाई सहयोग

क्यूपेकद्धारा सदस्य परिवारलाई सहयोग

नवलपरासी, भदौ २४ क्यूपेक नेपालका सदस्य स्व. मोतिलाल चमारको स्मृतिमा गत भदौ १८ गते नवलपरासीमा शोकसभा आयोजना गरिएको छ । सो अवशरमा मृतकका परिवारलाई क्यूपेक नेपाल नवलपरासीको तर्फबाट सहयोग स्वरुप रु १ लाख २ हजार हस्तान्तरण समेत गरियो ।

शोकसभामा बोल्दै क्यूपेक नेपालका जिल्ला सचिव रामप्रसाद पाण्डेले जिफण्टले उठाएको सामाजिक सुरक्षाको मुद्धालाई राज्यले हालसम्म नसुनेका कारण यस्ता आपतविपद्को समयमा पनि परिवारले कुनै आर्थिक सहयोग नपाउने अवस्था रहेको बताउनुभयो ।

उहाँले राज्यले व्यवस्था नगरेपनि श्रमिकले नै यूनियनमा संकलन गरेको रकमबाट परिवारलाई थोरै भएपनि मद्धत गर्न सकिएको भन्दै सामाजिक सुरक्षाको व्यवस्था कार्यान्वयनमा ल्याउन दवाव दिइनुपर्ने धारणा राख्नुभयो ।

सहयोग रकम क्युपेक नवलपरासीका अध्यक्ष डिलकराज डुम्रेले मृतक मोतिलाल चमारकी श्रीमतिलाई हस्तान्तरण गर्नुभएको थियो । मोतिलाल चमारको गत भदौ ६ गते वर्दघाटमा भवन निर्माणका क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।