CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक, धादिङको जिल्ला भेला सम्पन्न

क्यूपेक, धादिङको जिल्ला भेला सम्पन्न

धादिङ, श्रावण २९ नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) धादिङ्ग जिल्ला कमिटीको जिल्ला भेला सम्पन्न भएको छ । भेला निलकण्ठ नगरपालिका स्थीत क्यूपेक नेपालको जिल्ला कार्यालयमा सम्पन्न भएको थियो । सो भेलाले ६ महिना भित्र सम्मेलन गर्नेगरी सम्मेलन आयोजक कमिटी गठन गरेको छ । कमिटीको संरक्षकमा अर्जुन अधिकारी रहनु भएको छ ।

भेलाले सम्मेलन आयोजक कमिटीको संयोजकमा होम बहादुर श्रेष्ठ तथा सचिवमा एकेन्द्र सारु मगरलाई छनौट गरेको छ । यसैगरी कमिटीका सदस्यमा विष्णु राजवंशी, केशव सुनुवार, अस्मिता गुरुङ, विष्णु खनाल, ज्ञानबहादुर सुनुवार, दिलबहादुर सुनुवार, आईतराम तामाङ्ग, सुर्य बराइली रहेका छन् । यसैगरी कमिटीका अन्य सदस्यहरुमा काजी श्रेष्ठ, निम आले मगर, खार्पा तामाङ्ग, रामजी श्रेष्ठ र योगबहादुर गुरुङ छनौट भएका छन् ।

भेलालाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै क्यूपेक नेपालका केन्द्रीय महासचिव मनोहरी शिवाकोटीले यूनियनको ईतिहास, वर्तमान अवस्था र भावी कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । क्यूपेक नेपालका ५५ जना सदस्य सहभागि सो भेलामा केन्द्रीय शिक्षा विभाग सदस्य राजेन्द्र विष्ट, जिफण्ट धादिङ जिल्ला सचिव रामशरण खतिवडाले पनि अतिथिका रुपमा मन्तव्य राख्नु भएको थियो ।