CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

६१ औ सचिबालय बैठक सम्पन्न

६१ औ सचिबालय  बैठक सम्पन्न

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपालको ६१ औ सचिबालय  बैठक केन्द्रीय अध्यक्ष नरनाथ लुईटेलको अध्यक्षतामा श्रावण २० गते मनमोहन मजदुर भवनमा सम्पन्न भयो ।

१२ गते गएको बिनासकारी भुकम्प र त्यस पछी गएको लगातारको पराकम्पनले देशमा ठुलो धनजनको क्षती पुर्याएको छ । यो अवस्थामा क्यूपेक नेपालले जनताको दुखेको धाउमा मल्हम लगाउन राहात बितरण, उद्धार कार्यकोलागि आफ्ना सम्पूर्ण कार्यकर्ता तथा सदस्यहरुलाई आब्हान गर्नुका साथै यूनियनको तर्फबाट राहात बितरण तथा उद्धार कार्य संचालन गरेको थियो उक्त कार्यक्रम सिहावलोकन गर्नुका साथै उद्धार कार्यमा सलग्न सदस्यहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

त्यसैगरी श्रावण देखी मसिर सम्म सदस्यता बिस्तार अभियान संचालन गर्ने र उक्त अभियानमा बढी सदस्यता बनाउने सदस्यलाई बिशेष धन्यवाद तथा ३ वर्षको दुर्धटना बिमा समेत गरी दिने बैठकले निर्णय गरेको छ ।

बैठकले यूनियनको नियमित प्रकशन निर्माण कर्मीको २१ औं अंक प्रकाशन गर्ने निर्णय गर्नुका साथै नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले हरेक वर्ष प्रदान गर्दै आएको माधब न्यौपाने स्मृती अवार्ड केन्द्रीय सदस्य तथा सगरमाथा ईन्चार्ज चन्चलाल बोटलाई प्रदान गरेकोमा जिफन्ट प्रति हार्दिक आभार तथा धन्यवाद दिदै चन्चलाल बोटलाई बधाई तथा शुभकामना दिएको छ ।

त्यसैगारी क्यूपेक नेपाल केन्द्रीय बिभागहरुको संयूक्त भेला २२ गते अनामनगर स्थीत बिडब्लुआइृको कार्यालयमा सम्पन्न भयो ।

बैठकमा केन्द्रीय अध्यक्ष नरनाथ लुईटेलले बिभागहरुले योजना बनाई कामलाई प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्दैशन दिनु भएको छ ।