CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

निर्माण श्रमिक महिलाहरूको भेला सम्पन्न

निर्माण श्रमिक महिलाहरूको भेला सम्पन्न

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) को आयोजनामा निर्माण क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको उपत्यका स्तरीय भेला श्रावण १८ गते जिफन्ट सभाहलमा सम्पन्न भयो ।

क्युपेक- नेपाल केन्द्रिय अध्यक्ष नरनाथ लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा प्रमुख अतिथी लुईटेलले क्यूपेक नेपालले निर्माण क्षेत्रमा कार्यरत महिलाहरुलाई शिप अभबृद्धी लगाएत बिभिन्न तालिम संचालन गर्दै  आएको स्मरण गर्दै समस्त महिला श्रमिकहरू एकजुट भएमा मात्र अधिकार प्राप्त गर्न सिक्ने बताउनु भयो ।

भेलामा जिफन्ट उप–महासचिब मंजु थापाले असंगठित क्षेत्रका श्रमिक महिलाहरूले अन्य क्षेत्रका श्रमिकहरु महिलाको तुलनामा धेरै समस्या झेल्नु पर्ने बाध्यता रहेको बताउदै, संगठीत भएमा मात्र आफ्नो हक अधिकार सुनिस्चित हुने भएकोले संगठीत हुन पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गैरकृषि अनौपचारिक क्षेत्र युनियन परीषदका संयोजक तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य भिमा खड्का, क्यूपेक केन्द्रिय सचिबहरू शान्ता बस्नेत, गोपाल कार्की, स्मृति लामा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्युपेक केन्द्रिय अध्यक्ष नरनाथ लुइटेलले लामे समय देखी बिरामी भर्इ उपचार गरार्इ रहनु भएका क्यूपेक सदस्य सानु परियारका श्रीमानको उपचार सहयोग स्वरूप नगद रु ६००० समेत हस्तान्तर गरिएको थियो ।