CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक कास्की महिला कमिटीमा तारामाया तामाङ्ग

क्यूपेक कास्की महिला कमिटीमा तारामाया तामाङ्ग

श्रावण २, पोखरा,नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) कास्की जिल्ला कमिटिको आयोजनामा जिल्ला स्तरीय महीला भेला सम्पन्न भएकोे छ ।

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष मिना गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले तारामाया तामाङ्गको अध्यक्षतामा ११ सदस्य कास्की जिल्ला महिला कमिटि गठन गरिएको छ ।

क्यूपेक नेपाल केन्द्रिय प्रतिनिधी परिषद प्रमुख तथा जिफन्ट राष्ट्रिय कमिटि सदस्य चन्द्र प्रसाद गुरुङ्ग, केन्द्रिय सचिव शान्ता बस्नेत र केन्द्रीय सदस्य सोम आलेले श्रमिक महिलाहरुका अधिकार, क्यूपेक नेपालका सदस्यहरुको काम कर्तब्य र जिल्ला महिला कमिटिको भुमिका बारेमा बोल्नु भएको थियो ।

सोही अवसरमा पोखराको मनिपाल हस्पीटलको सहयोगमा ७८ जना निर्माण श्रमिक महिलाहरुको स्वास्थ्य परिक्षण सम्पन्न भएको छ ।

शिब पौडेलको नेतृत्वमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ९ जना स्वास्थ्यकर्मिहरु सहभगि रहेको थियो ।